जुनियर खुला लनटेनिस अर्को साता

tenis keshas2
अखिल नेपाल लनटेनिस संघको आयोजनामा सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ ।        यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्समा खेल हुने लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज÷गल्र्सको डबल्स पनि हुनेछ ।

छदिनसम्म सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केशा ग्रुप र सह–प्रायोजकमा माथेमा दम्पती डा. बसन्त र जाना रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।       प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को प्राविधिक सहयोग रहने छ । जुनियर टेनिस खेलाडीलाई लक्षित गरी जेटीआई परियोजना नेपालमा २००७ देखि सुरु भएको थियो । अन्तर्राष्ट्रिय टेनिस महासंघले जेटीआईलाई आर्थिक सहयोग गरेको छ ।
प्रशिक्षक वज्राचार्यका अनुसार उपत्यकाका तीन जिल्लामा विभिन्न ११ विद्यालय तथा मोफसलमा पोखरा, हेटौंडा र बुटवलमा जेटीआई परियोजना सञ्चालनमा छन् ।

Comment