निरज उपाधि होडमै

niraj 6thबुरुनाईमा जारी एशियन चेस च्याम्पियनसिपको पाचौ र छैटौ चरणमा चरणमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन्।
पाँचौं चरणको खेलमा भुपेन्द् निरौलाले मलेसियाका सप्रिम मोहम्मदसंग बराबरी खेले भने छौटौ चरणको खेलमा श्रीलंकाका वाट्स गुणासिंगे माथी जीत हात पार्न सफल भए। उनले अपराजित रहि साढे ४ अंक जोडेका छन् ।
त्यसैगरी धरम बहादुर लामाले पनि एक खेलमा बराबरी र एक खेलमा जीत निकाली साढे ३ अक प्राप्त गरे। उनले पाँचौ चरणको खेलमा मलेसियाका लिन कानसंग बराबरी खेले भने छैटौं चरणको खेला मलेसियाका कै एेना रोहिजानफाई निरास पारेका थिए।

Comment