कर्पोरेट फुटसल शनिबार

futsal2
सञ्जाल स्पोर्ट्स क्लबको आयोजनामा फर्मासिउटिकल्स कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १३ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष सुदर्शन पन्तले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनगर्न करिब २ लाख १५ हजार खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित एक्सेल फुटसलमा हुनेछ ।

Comment