निरजको उत्कृष्ट प्रदर्शन जारि

niraj
बुरुनाईमा जारि एशियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका भुपेन्द्र निरौलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले दोस्रो चरणको खेलमा श्रीलंकाली खेलाडी त्रिपुरा मनासिंगेलाई पराजित गर्न सफल भएका थिए भने तेस्रो चरणको खेलमा उब्जेकिस्तानका दलेर भाकिडोभसंग बराबरी खेलि अंक बाँडेका थिए।भुपेन्द्रले ३ खेलमा साढे २ अंक जोडेका छन्।
त्यसैगरी धरम बहादुरले तेस्रो चरण खेलमा मलेसियाका कमल मोहम्मदलाई पराजित गरि २ अंक प्राप्त गरे। उनी दोस्रो चरणको खेलमा सिंगापुरका मिङ चाउसंग हारे।

 

Comment