प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ सुरु

Manoj Shiama
8 September, 2015 6:38 pm

नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा मड्डलबारदेखि पोखरा–२७ हेमजामा प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ सुरु भएको छ।प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा अञ्जुली बोर्डिङ स्कुलले सिद्धिविनायक बोर्डिङ स्कुललाई ३–० ले पराजित ग¥यो। दोस्रो खेलमा ताराकुञ्ज बोर्डिङ स्कुल पाटनवेसीले सेन्ट फ्रान्सिसलाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो। निर्धारित ३५–३५ मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो।
तेस्रो खेलमा अमरसिंह नमुना उमावि नेपाली विभागले पोखरा लर्नर्स एकेडेमीलाई ३–१ ले हरायो। चौथो खेलमा रिभरडेल स्कुलले नेपाल आदर्श आउमावि भण्डारढिकलाई टाब्रेकरमा ३–१ ले पन्छायो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमसिंह लामिछानेले यस्ता प्रतियोगिताले विद्यालयस्तरदेखि नै फुटबल खेलको विकास गर्ने बताए।नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव महेन्द्र थापाले गरेका थिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
बुधबार चार खेल हुनेछन्। जसअनुसार कास्की मोडनाइज्ड एकेडेमी र हिमालयन बोर्डिङ स्कुलबीच पहिलो, वेलनन एकेडेमी र हेमजा बोर्डिङ स्कुलबीच दोस्रो, स्नो भ्यू बोर्डिङ स्कुल र धौलागिरि बोर्डिङ स्कुलबीच तेस्रो तथा आदर्श बोर्डिङ स्कुल र वेसलाइन एकेडेमीबीच चौथो खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।