राज पहिलो

rajkie

श्रम कार्यालय, विराटनगरका राजकिशोर महतोले निजामति सेवा दिवसको उपलयमा आयोजित बुद्धिचाल प्रतियोगितामा बिहीबार पहिलो स्थान हात पारेका छन् ।      सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा राजले आयोजक युवा तथा खेलकुद मन्त्रालयका गणेश गुरुङलाई पराजित गरे । सामान्य प्रशासनका टीकाप्रसाद पराजुली र वैदेशिक रोजगारका सुरेन्द्र यन्द्यो संयुक्त रुपमा तेश्रो भए ।

शीर्ष तीन स्थान हात पार्नेलाई भदौ २१ गते पुरस्कृत गरिने छ । त्यसै दिन ट्रेड युनियन ११ र मुख्य सचिव ११ बीच मैत्रीपूर्ण फुटबल पनि हुनेछ ।

Comment