नुवाकोट चेस संघमा अमजद अालम

chess nनुवाकोट जिल्ला बुद्धिचाल संघको सम्पन्न तेस्रो साधारण सभाले अमजद अालमको अध्यक्षताम नौ सदशिय जिल्ला बुद्धिचाल संघ गठन भएको छ।नेपाल बुद्धिचाल संघका केन्द्रीय प्रतिनिधि तथा महासचिव एकालाल श्रेष्ठ र जिल्ला खेलकुद बिकाश नुवाकोटका अध्यक्ष बुद्धि प्रधानको रोहबरमा भएको साधारण सभाले उपाध्यक्षमा नानीकाजी प्याकुरेल र श्याम केसी ,सचिवमा यम पुडासैनी र कोषाध्यक्षमा रहेका छन् भने सदस्यहरुमा रामचन्द्र रिजाल,टीका श्रेष्ठ ,बसन्तलाल श्रेष्ठ र हरिचन्द्र अमात्य निर्वाचित भएकन छन्।
एक समारोह बीचमा संघका उपाध्यक्ष बिदुर प्रसाद गौतमको प्रमुख अातिथ्यतामा भएकोे साधारणसभाबाट संघको सल्लाहकारमा कुष्ण सिं प्रधान, प्रकश श्रेष्ठ र चन्द्रलाल तामाङलाई चयन गरिएको हो।१३ सदस्यीय हुने कार्य समितिमा दुई जना जिल्ला खेलकुद समिति र दुई जना जिल्ला चेस संघले मनोनीत गर्नेछ ।

 

Comment