एघार खेलाडीलाई ब्ल्याक वेल्ट

mnepal 1e

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११ सिनियर खेलाडीले ब्ल्याकवेल्ट प्राप्त गरेका छन् ।        ब्राउन वेल्टबाट ब्लायकवेल्ट पहिलो डानमा पदोन्नती हुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, विना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाश श्रेष्ठ रहेका छन् ।
जुनियरतर्फ ३ खेलाडीले ब्राउन तथा ६ खेलाडीले ग्रिन वेल्ट प्राप्त गरे । ब्राउन वेल्ट प्राप्त गर्नेमा दीक्षा लामा, किरण तामाङ र कविता राई रहेका छन् । ग्रिन वेल्टमा पदोन्नती हुनेमा आरती श्रेष्ठ, छोसन गुरुङ, रेणुका गुरुङ, मनोज तामाङ, प्रजिता श्रेष्ठ र मिसोन गुरुङ छन् ।
उनीहरुलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले बुढानीलकण्ठस्थित डोजोमै आयोजित एक कार्यक्रमबीच शनिबार वेल्ट वितरण गरे ।
ग्रेडिङ डोजोका प्रमुख प्रशिक्षक प्रेमलाल बम्जन र सहायक प्रशिक्षक दीपेन्द्र खड्कालगायतले सञ्चालन गरेका थिए । ग्रेडिङमा ११ सिनियर र ९ जुनियर गरी जम्मा २० खेलाडीको सहभागिता रहेको डोजोका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले जनाएका छन् ।       सो अवसरमा डोजो स्थापनाकालदेखि अध्यक्षको जिम्मेवारीमा रहि करातेको विकास र विस्तारमा योगदान पु¥याएवापत डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई मानार्थ तेश्रो डान प्रदान गरिएको थियो । नेपालले उनलाई प्रमाण पत्र प्रदान गरे ।     कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले शाखा डोजोले खेलकुदको माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने काम गरेकोमा प्रशंसा गर्दै खेलकुदले मानिसलाई शारीरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ बनाउने बताए । उनले राज्यले अहिले खेलकुदलाई महत्व दिन थालेको बताउदै खेलकुदले प्रेम, सद्भाव, सहकार्य, भाइचाराको भावना सिकाउने हुँदा खेल क्षेत्र अत्ति महत्वपूर्ण क्षेत्र भएको धारणा व्यक्त गरे ।
डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठले आगामी कात्तिक महिनामा बुढानीलकण्ठ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसाथ डोजोले अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिए । डोजोका उपाध्यक्ष प्रकाश श्रेष्ठले नयाँ खेलाडी उत्पादनमा डोजोले विशेष ध्यान दिइरहेको बताए ।

Comment