अमरलाई उपाधि

Manoj Shiama
28 August, 2015 11:38 am

अमर स्कुलले गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा भएको फाइनलमा अमरले पुष्पसदनलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि सहज श्रेष्ठ र विकास श्रेष्ठले १–१ गोल गरे । पुष्पसदनका सान लिम्बूले सान्त्वना गोल फर्काए । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार जिते ।

गणेशमानसिंह कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा पुष्पसदनका लनन राई उत्कृष्ट खेलाडी, पुष्पसदनका विजय महर्जन उत्कृष्ट गोलरक्षक, पुष्पसदनका दीपक आरसी उत्कृष्ट स्ट्राइकर, एलएका साजन राई उत्कृष्ट डिफेन्डर तथा अमरका निराजन डंगोल उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट सबैले २–२ हजार नगद पुरस्कार पाए ।विजेतालाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, सभासद् राजन केसीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको संयोजक बद्री भट्टराईले जनाएका छन् ।