टेनिस टोली बैंकक प्रस्थान

tennis bidai1

हाइ पर्फमेन्स तालिमका लागि नेपाली लनटेनिस खेलाडी शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान ग¥यो । अगष्ट ३० देखि सेप्टेम्बर १२ तारिखसम्म हुने तालिम १४ वर्षमुनिका ५ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने छन् ।
पुरुष खेलाडीहरुमा प्रमोद बुढाथोकी, विनय बटास, सम्यकभूषण वज्राचार्य, अभिनव आचार्य र आर्यन गिरी रहेका छन् । महिलामा प्रेरणा कोइराला, सलोनी तामाङ र इशाश्री शाह छन् । प्रशिक्षकमा राजकुमार लामा रहेका छन् ।
टोलीलाई नवनिर्वाचित अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य जयजिभ हाडाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment