चेस खेलाडी नेपाली सेनामा

नेपाल बुद्धिचाल संघको पहलमा चेस खेलाडीहरु बर्तमान  नेपाल च्याम्पियन केशव श्रेष्ठ , अाोलम्पियाड खेलाडी  ललितपुरका सजिन महर्जन ,बर्तमान एमेच्योर राष्ट्रिय  च्याम्पियन काभ्रेका  क्षितिज भण्डारी, नेपाल बुद्धिचाल संघका अफिसियल खेलाडी मकवानपुरका हिमाल लामा,काठमाडौंका युवा खेलाडी बिजय डंगोल सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिभागिय टोली  नेपाली सेनाको त्रिभुवन क्लबमा अाबद्ध भएका छन्।
नेपाल बुद्धिचाल संघका सचिब हेराकाजी महर्जनको उपस्थितिमा खेलाडीहरुले नेपाली सेनाको त्रिभुवन क्लबसंगसम्झौता पत्रमा हस्ताक्षर भयो। हाललाई ३ महिनाको लागि सम्झौता भए पनि सातौं राष्ट्रिय खेलकुद षछि सम्झौता बढाउने   जानकारी त्रिभुवन क्लबले  दिएको छ ।

Comment