ब्लीट्ज उपाधि आशिषलाई

aashish 1
ज्यापु समाज यलको २२ औँ साधारण सभा तथा ८ औँ महाधिवेसनको उपलक्ष्यमा  ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछेँ टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप ब्लीट्ज चेस प्रतियोगिताको उपाधि थापाथली चेस पार्कका आशिष फुयालले जितेका छन् । उनले अन्तिम चरणमा सजिन मर्हजनलाई हराए । अपराजित रहेका उनले सात चरणमा ६.५ अंक जोडे । समान अंक भएका बद्री लाल नेपाल कम कालो गोटीका कारण दोस्रो स्थानमा रहे । उनले अन्तिम चरणमा थापाथलीका क्षितिज भण्डारीलाई हराए । समान पाच अंक रहेका मनीस हमाल, सजिन, भगवती शर्मा, विवेक थींग र सुजेन्द्र श्रेष्ठ तेस्रो देखि सातौ स्थानमा रहे ।

Comment