पुष्पसदन र अमर गणेशमानसिंह कपको फाइनलमा

पुष्पसदन र अमर स्कुल गणेशमान सिंह कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा भएको सेमिफाइनलमा पुष्पसदनले सिद्धार्थ बनस्थलीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि दुवै गोल अभिषेक लामाले गरे । प्रवीण सुनुवारले सान्त्वना गोल गरे ।
अर्को सेमिफाइनलमा अमरले लिटिल एन्जल्स स्कुल (एलए) लाई ४–२ गोलले हरायो । अमरका सहज श्रेष्ठले २ तथा विकास श्रेष्ठ र कविर लावतीले १–१ गोल गरे । एलएका प्रजुल पुन मगर र अनिश श्रेष्ठले १–१ गोल फर्काए ।
गाणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर र डिफेन्डर तथा सर्वाधिकगोलकर्तालाई २–२ हजार रुपैया  प्रदान गरिने छ ।

Comment