ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

krishnaman1
ज्यापु समाज यलको २२ औँ साधारण सभा तथा ८ औँ महाधिवेसनको उपलक्ष्यमा  ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछेँ टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् ।
उनले पाँचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको खेलमा गोपाल महर्जनलाई पराजित गरे । त्यस्तै सञ्जय महर्जनले पाँचौ चरणको खेलमा बाबुराजा महर्जनलाई हराई दोस्रो भए ।े समान ४ अंक नै भए पनि बाबुराजा महर्जन तस्रो भए । ज्यापु समाज यल खेलकुद उप समितिका संयोजक विजय महर्जनको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले विजेता खेलाडीहरुलाई पुरस्कृत गरे ।

Comment