मकवानपुर चेस संघमा ज्ञानकृष्ण

gayan krishnaमकवानपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा पुनः ज्ञानकृष्ण प्रजापति सर्वसम्मतरुपमा चयन भएका छन् ।केन्द्रीय प्रतिनिधि  नेपाल बुद्धिचाल संघका महा सचिब एकालाल श्रेष्ठको रोहवरमा  संघको शनिबार हेटौंडामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले प्रजापतिको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघमा उपाध्यक्षद्वय धरमबहादुर लामा र बलराम सञ्जेल, सचिव ज्ञानेन्द्रराज ढुंगेल, कोषाध्यक्ष श्रीकृष्ण कर्माचार्य ‘भाइ’ तथा सदस्यहरुमा शेखर श्रेष्ठ, सुन्दरकुमार जोशी, राजाराम कँडेल, अधीरलाल जोशी चयन भएको छ।

संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकार सविन न्यौपाने र व्यवसायी अभिषेक वैद्यलाई मनोनित सदस्य तथा रुपकराज दाहाललाई आमन्त्रित सदस्य चयन गरेको छ । बैठकले एकालाल श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ, ज्योतिरत्न बज्राचार्य, पुरनबहादुर जोशी, भागीरथ शर्मा, प्रताप विष्ट, प्रेमलाल श्रेष्ठ, सुरेन्द्रमान प्रधान, पर्शुराम लामा र महेन्द्र चित्रकारलाई सल्लाहकार, अधिवक्ता ईश्वरराज ढकाललाई कानुनी सल्लाहकार तथा मिडिया कोअर्डिनिटरमा सुवास बिडारीलाई चयन गरेको छ ।

संघमा खेलप्रेमीहरुलाई समेट्ने क्रममा आजीवन सदस्यता खोल्ने निर्णय गरेको बैठकले आजीवन सदस्य बन्न चाहने पहिलो २० जनालाई पाँच हजार रुपियाँ र त्यसपछिकालाई १० हजार रुपियाँ प्रतिआजीवन सदस्य लिने निर्णय गरेको छ ।

ब्लिज चेस हुने

ज्यापू समाज यल खेलकुद उपसमितिको अायोजनामा र गछँ टोलको ब्यवस्थापनमा यहीँ भाद्र   ८ गते मंगलबार बंगलामुखी (गछेँ) मा एकदिने ब्लिज चेस हुने भएको छ। नेपालका शिर्षस्थ  खेलाडीहरु सहभागी हुने प्रतियोगितामा बिजेता प्रथमलाई ५000/, दोस्रोलाई ३000/ , तेस्रोलाई २000/ प्रदान गरिनेछ । सातौंसम्मलाई पुरस्कारको ब्यबस्था गरिएको प्रतियोगिता स्वीस लिग अनुसार ७ चरणको खेल हुनेछ।

Comment