बक्सिङ टोली बैंकक जाने

boxing teame       एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।        अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । राष्ट्रिय टिम तयारीका सदस्य चारै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक ओमकुमार मास्के तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य राजेशकुमार रौनियार रहेका छन् ।        एसियाली च्याम्पियनसिपमा नेपालले हालसम्म २ कांस्य पदक जितेको छ । उमेश मास्के र प्रवीण तुलाधरले दुई फरक संस्करणमा कांस्य जितेका थिए ।
एसियाली च्याम्पियनसिपमा आगामी अक्टोबरमा कतारको दोहामा हुने विश्व बक्सिङ च्याम्पियनसिपका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।     प्रशिक्षक मास्केले लक्ष्य पदक नै भएको बताउदै प्रेम र दिनेशबाट बढी पदकको आस गरिएको बताए । उनले कांस्य पदकको आस गरिएको बताए ।      टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

Comment