पुष्प सदन सेमिफाइनलमा

पुष्पसदन गणेशमान सिंह कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । पुष्पसदनसंगै अमर स्कुल र सिद्धार्थ बनस्थलीपनि सेमिफाइलनमा पुग्न सफल भए । पुष्पसदनले ज्ञानोदयलाई ६–१ गोल अन्तरले पराजित ग¥यो । विजयीटिमकालागिअभिषेक लामा, सुविनथापा, सानलिम्बू, दीपक केसी, लगन राई र विकी गुरुङले १–१ गोल गरे ।
गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा अमरले ल्याबोरेटरी उमाविलाई कीर्तिपुरस्थित उसैको मैदानमा सडन डेथ (४–३) मा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
सिद्धार्थ बनस्थलीले त्रियोगलाई ५–० गोलले पाखा लगायो । सिद्धार्थ बनस्थलीका सुशान्त चौधरीले २ गोल गरे भने अनिल भण्डारी, सनतबुद्ध र विश्वास लामाले १–१ गोल थप्दै जित अन्तरलाई फराकिलो बनाए ।
सेमिफाइनलमा अमरको भेट लिटिलएन्जल्स स्कुल (एलए) संग हुनेछ भने पुष्पसदनले सिद्धार्थ बनस्थलीको सामना गर्नेछ ।

 

Comment