जेभियरको मिश्रित नतिजा

lokee

आयोजक जेभियर इन्टरनेसनल कलेजले तेस्रो जेभियर इन्टरनेसनल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा मिश्रित सफलता हात पारेको छ ।  साविक विजेतासमेत रहेको आयोजकको ए टिमले उद्घाटन खेलमा टाइम्स कलेजलाई ६२–५२ को स्कोरमा हरायो । जेभियरको जितमा महत्वपूर्ण योगदान दिएका रविन गौतमले सर्वाधिक २२ स्कोरको योगदान गरे । अर्कोे खेलमा भने आयोजक जेभियरको बी टिम ओपलसँग ४३–३८ ले चुक्यो ।  ओपलको जितमा सुदीप पौडेलले सर्वाधिक १८ स्कोर गरे ।

आयोजकको कोर्टमा सञ्चालित प्रतियोगिताको उद्घाटन आयोजक कलेजका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए । लिगकम नकाउटका अधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्पm २० तथा महिलातर्पm ६ टिम सहभागिता रहेको छ ।

Comment