अफगानिस्तानको सहज जित

????????????????????????????????????

अफगानिस्तानले यु–१९ दक्षिण एसियाली च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित ग¥यो । अफगानिस्तानको मासद हाब्सी, अली मोहम्म्द मोन्सारी र मोहम्मद अहमादीले गोल गरे । यसैगरी, माल्दिभ्सका लागि हमादान अलीले गोल गरे । पूवाद्र्धभने दुवै टोलीको बराबर प्रभाव थियो । ४५औँ मिनेटमा अफगानिस्तानका हाब्सीले प्रत्याक्रमणको क्रममा पाएको राम्रो मौकाको सदुपयोग गर्दै गोल गरे । तनावग्रस्त पहिलो हाफमा ६ मिनेटको इन्जुरी समय थियो । ७१औँ मिनेटमा भने अफगानिस्तानले सानदार गोल ग¥यो । मोन्सारीको फिनिसिङ साच्चै आकर्षक थियो । ८२औँ मिनेटमा अफगानिस्तानले अग्रतालाई अझ फराकिले बनायो । हअमादीले पनि त्यत्तिकै राम्रो फिनसिङ गरे । ८५औँ मिनेटमा अलिलले गोल अन्तरले घटाए ।

तेस्रो मिनेटमा हदायतले प्रहार गरेको फ्रिकिकमा अफसाइड नभएको भए अफगानी टोलीले छिटो अग्रता लिन सक्थ्यो । त्यो बलमा माल्दिभ्सका गोलरक्षक बिट भई बलले गोलपोस्टको दिशा लिइसकेको थियो । पहिलो २५ मिनेटमा खेलमा अफगानिस्तान हाबी भएको थियो । अफगानिस्तानको लगातार आक्रमण विफल भए पछि ३४आँै मिनेटमा माल्दिभ्सले प्रत्याक्रमणमा राम्रो मौका पाए पनि अफगानी गोलरक्षकले बचाए ।

रक्षात्मक रहेको माल्दिभ्स दोस्रो हाफमा पनि प्रत्याक्रमणमा नै गोलको नजिक पुगेको थियो । ५८आँै मिनेटमा पनि त्यो प्रयास अफगानी रक्षकहरूले विफल पारे । ६०औँ मजिद अहमदले गोलको राम्रो मौका गुमाएपछि माल्दिभ्स खेलमा फर्कन असफल रह्यो । उनले नजकैबाट प्रहरा गरेको बल गोलपोस्टको दिशा लिँदै बाहिरियो । ७०औँ मिनेटमा दोस्रो गोल गरेपछि खेल अफगानिस्तानको पक्षमा गएको थियो ।

Comment