लिटिल एन्जल्स सेमिफाइनलमा

लिटिल एन्जल्स स्कुल (एलए) गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा एलएले जेभियरलाई ९–० गोलअन्तरले पराजित ग¥यो । प्रज्ज्वल पुन मगरले ३, मोहित तिनकारीले २ तथा प्रफुल बस्नेत, अनिश श्रेष्ठ, निकोन पुराज मगर र राजकुमार बुढाथोकीले १–१ गोल गरे ।

गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा सिद्धार्थ वनस्थली क्वाटरफाइनलमा पुग्यो । सिद्धार्थ वनस्थलीले प्रोलिफिकलाई ५–० गोलले हरायो । सागर स्याङतान र प्रवीणमान सुनुवारले २–२ तथा रुकश तामाङले १ गोल गरे ।

Comment