वालक्लाइम्बिङको आधारभूत तालिम सम्पन्न

clbe
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ ।
विद्यालयतहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षलामा टेन्डी शेर्पा र आर्थिक प्रशासन शाखाका प्रमुख बासुदेव आचार्यले प्रमाणपत्र प्रदान गरे ।

Comment