वालक्लाइम्बिङको आधारभूत तालिम सुरु

wcc
पर्वतारोहणतथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ ।
विद्यालयतहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी छन् । सहभागी सबै काठमाडौं प्रज्ञाकुञ्जका विद्यार्थी हुन् ।
तालिमको राखेपका सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक संघकाअध्यक्ष हरि धरेल तथा डनबस्को एजुकेसन ग्रुपका कार्यकारी निर्देशक कपिल रेग्मीले विद्यालय खेलकुदको महत्वबारे प्रकाश पारेकाथिए । तालिम बुधबार सम्पन्न हुनेछ ।

Comment