काठमाडौं लनटेनिसमा मुल

tennis
काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई उपाध्यक्ष, निरेश श्रेष्ठलाई सचिव तथा सञ्जय अमात्यालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । मनोज शाह, राजु श्रेष्ठ, हेम गुरुङ तथा प्रवीण वैद्य सदस्यमा चयन भए ।
अब जिल्ला कार्यसमितिमा ४ सदस्यको मनोनयन हुन बाँकी छ । त्यसमा २ सदस्य काठमाडौं जिल्ला खेलकुद विकास समिति (काजिखेविस) ले प्रतिनिधि पठाउने छ ।त्यस्तै विशेष साधारणसभाले अखिल नेपाल लनटेनिस संघको भदौ ४ गते हुने केन्द्रीय साधारणसभाका लागि दुई प्रतिनिधि समेत तोकेको छ । प्रतिनिधिमा अध्यक्ष मुल र कोषाध्यक्ष अमात्या रहेका छन् ।
विशेष साधारणसभा काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतितिधि विष्णु घिमिरे र नेपाल लन टेनिस संघका अध्यक्ष मनोज शमसेर राणाको रोहबरमा भएको थियो ।

Comment