केशबको पहिलो जित

keshav 1e
नेपालका राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले युएइमा जारी एसियन कन्टीनेन्टल चेस प्रतियोगितामा पहिलो जित हात पारेका छन् । आठौ चरणमा उनले लीबीयाका लासन मर्वानलाई पराजित गरे । प्रतियोगितामा उनले प्रतिस्पर्धा गरेको मर्वान मात्र उनी भन्दा कम रेटिङका खेलाडी हुन् । नवौ चरणमा सिरयाका अन्तराष्ट्रिय मास्टर इती हासेरसंग उनको खेल हुने छ  । प्रतियोगिताका सुरुका चार चरणमा तीन ग्रान्डमास्टर र एक अन्तराष्ट्रिय मास्टर मास्टरसंग बराबरी गर्दै सानदार सुरुवात गरेका केशब पाचौ देखि सातौ चरणसम्म लगातार पराजित भए पछि आइएम र्नमसको सम्भावना अन्त्य भएको हो । आठ चरणको समाप्तीमा उनको रेटिङ परफरमेन्स २३०८ छ भने एक चरण बाकी रहदा ३० रेटिङ बढाएका छन् ।
एसियाका उत्कृष्ट खेलाडीको भिडन्तमा उनको सुरुवाती प्रदर्शन भने उत्कृष्ट प्रदर्शन मानीएको थियो ।

 

Comment