वादोकाइ टोली जापान प्रस्थान

badi bidai

वादोकाइ कराते डो विश्व कपमा सहभागी हुन नेपाली वादोकाइ टोली आइतबार जापानको नागोया प्रस्थान गरेको छ ।     अगष्ट १५ देखि १८ तारिखसम्म हुने विश्व कपमा पुरुषको ६० केजीमुनि निरज महर्जन, ८० केजीमुनि राजेन्द्र ठक्कु मल्ल तथा ७५ केजीमुनि किरण डंगोलले प्रतिस्पर्धा गर्नेछन् । किरण भने हाल जापानमै रहेकाले उनी त्यतैबाट सहभागी हुने छन् ।
टिम व्यवस्थापकमा दीपक लामा तथा प्रशिक्षकमा अल नेपाल वादोकाइ कराते संघका प्रमुख प्रशिक्षक मोहन महर्जन रहेका छन् ।     टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य राजेन्द्र श्रेष्ठ (राजु) लगायतले एक कार्यक्रमबीच बिदाइ गरे । उक्त अवसरमा नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव केदारबाबु सिवाकोटी लगायतको उपस्थिति थियो ।

 

Comment