मनिषलाई ब्लिट्ज चेस उपाधि

सन् राईज क्लब गुईंटोल, ललितपुरद्धारा आयोजित खुल्ला ब्लिट्ज चेस टुर्नामेन्टमा फिडेमास्टर मनिष हमाल प्रथम भए । स्वीस लिग सात राउण्डको खेलमा उनले ५ जित र दुई बराबरी खेलेका थिए । मनिषले नगद तीन हजार प्राप्त गरे । एकदिने टुर्नामेन्टमा थापाथलि चेस पार्कका सुमित पन्त साढे पाँच अंकका साथ दोश्रो भए । उनले नगद दुइ हजार हात पारे । यसैगरी समान ५ अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा ओलम्पियाड सजिन महर्जन तेश्रो, पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली चौथौं र थापाथलिकै क्षितिज भण्डारी पाँचौं भए । उनीहरुले क्रमशः नगद एक हजार पाँचसय र एक हजार जिते ।
विजयी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष सानुकाजी महर्जन, ललितपुर बुद्धिचाल संघका अध्यक्ष चिरीकाजी अवाले लगायतले नगद पुरस्कार एवं प्रमाण पत्र प्रदान गरे ।

Comment