केशब तेस्रो चरणसम्म अपराजित

keshav 1e
नेपाली राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले युएइमा जारी एसियन कन्टीनेन्टल चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनले लगातार तीन टाइटल खेलाडीसंग बराबरी गरे । पहिलो चरणमा केशबले  भारतीय ग्रान्डमास्टर देबासिस दाससंग बराबरी गरे भने  दोसो चरणमा उनले अर्का भारतीय ग्रान्डमास्टर एमआर बैंकटेससंग पनि बराबरी गरे । तेस्रो चरणमा उनले फीलीपीन्सका अन्तराष्ट्रिय मास्टर पास्कुवा हरिदाससंग बराबरी गरे । चौथो चरणमा उनले बंगलादेशका ग्रान्डमास्टर मोहम्मद अब्दुल्ला अल रबिकसंग खेल्ने छन् । ८३ खेलाडी सहभागि प्रतियोगितामा केशब ७२ औ बरियताका खेलाडी हुन् ।
प्रतियोगितामा ३६ ग्रान्डमास्टर,१९ अन्तराष्ट्रिय मास्टर र ११ फीडे मबास्टर सहभागि छन् ।

 

Comment