केशबको राम्रो प्रदर्शन जारी

keshav 1e

नेपाली राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले युएइमा जारी एसियन कन्टीनेन्टल चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । हिलो चरणमा केशबले  भारतीय ग्रान्डमास्टर देबासिस दाससंग बराबरी गरे भने  दोसो चरणमा उनले अर्का भारतीय ग्रान्डमास्टर एमआर बैंकटेससंग पनि बराबरी गरे । तेस्रो चरणमा उनले फीलीपीन्सका आइएम पास्कुवा हरिदाससंग खेल्ने छन् । ८३ खेलाडी सहभागि प्रतियोगितामा केशब ७२ औ बरियताका खेलाडी हुन् ।
प्रतियोगितामा ३६ ग्रान्डमास्टर,१९ अन्तराष्ट्रिय मास्टर र ११ फीडे मास्टर सहभागि  छन् ।

Comment