राणा ओलम्पिक प्रतिनिधी

photo 2

नेपाल लन टेनिस संघले नेपाल ओलम्पिक कमिटीको आसन्न निर्वाचनका लागि संघ उपाध्यक्ष ज्योती राणालाई प्रतिनीधी चयन गरेको छ । संघको शुक्रबार सातदोबटो स्थित कार्यलयमा बसेको विशेष साधारण सभाले राणालाई प्रतिनिधी चयन गरेको हो । साधारण सभामा केन्द्रिय समिती, जिल्ला संघ, प्राबीधीक कमिटी र रेफ्रि संघको प्रतिनिधीको पनि उपस्थिती थियो भएको साधारण सभा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव लामा टेन्डी शेर्पाको प्रमुख आतीथ्य तथा संघ अध्यक्ष मनोज शमसेर राणाको अध्यक्षतामा भएको थियो ।
साथै संघको निर्वाचन ४ भदौमा गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।

Comment