नासालाई रोड सेफ्टी अवार्ड

nasaमोटर स्पोर्ट्सको आधिकारिक संस्था फियाले नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा)लाई आउटस्ट्यान्डिङ अवार्ड प्रदान गरेको छ । नासाले काठमाडौंमा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्दै यसको जानकारी दिएको हो । नासाले खेलमार्पत सडक सुरक्षामा गरेको गतिविधि प्रभावकारी भएको ठहर गर्दै फियाले नेपाललाई अवार्ड प्रदान गरेको हो । फियाले हरेक वर्षको कन्फरेन्समा एक सदस्य राष्ट्रलाई यो अवार्ड प्रदान गर्ने गरेको छ । नासाले यस वर्ष जग्गा भाडामा लिएर नेपालमा रेसिङ सक्र्युट निर्माण गर्ने योजना बनाएको छ । यसैगरी, मोटर गाडी तथा आवश्यक सञ्चार उपकरण खरिद गर्ने निर्णय पनि गरेको छ । नासाले कार्यक्रममार्पत प्रशासनिक योजना, सडक सुरक्षा र मोटरसम्बन्धी खेलको बारे योजना सार्वजनिक गरेको हो ।

यसमा सबैभन्दा प्रमुख यसवर्ष आयोजना हुने काठमाडौं ढाका मोटर ¥याली रहेको छ । विगतमा गर्दै आएको सिन्सियर सिटिजन मोटर र्‍याली, रेसमान्डु, ट्रान्स हिमालयन माउन्टेनबाइक प्रतियोगिता र काठमाडौं रारा बाइक टुर छन् । विगतदेखि आयोजना हुँदै आएको उमन बाइकर्स र्‍याली यो वर्ष पनि आयोजना हुनेछ । कोपरेट गो कार्टिङ र रोड सेफ्टी–सेफ्टी सर्ट फिल्म फेस्टिबल रहेका छन् ।
यसैगरी विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता बारे पनि नासाले जानकारी गराएको छ । अगस्टमा मलेसियामा आयोजना हुने फिम रोड रेसिङ च्याम्पियनसिप छनोटको सहभागिता नेपाल सहभागी हुने महत्वपूर्ण स्पर्धा हो ।
नासाले आफ्नो क्षेत्रलाई फराकिलो बनाउने क्रममा तीन हजार सदस्य तयार गर्ने तथा प्रशासनिक रूपमा जिल्ला र क्षेत्रमा अधिकार प्रत्यायोजन गर्दै विकेन्द्रीकरणको नीति लिएको छ । हरेक जिल्ला र क्लबले वर्षमा तीन वटा कार्यक्रम अनिवार्य गर्नुपर्ने प्रावधान राखिएको छ ।
नासाले एक सय भूकम्पपीडितका बलाबालिकालाई १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने भएको छ । यसैगरी ६० जनालाई मेकानिकल र ड्राइभिङ प्रशिक्षक दिइनेछ । हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर पनि निर्माण हुने भएको छ । इमर्जेन्सी रेस्क्यु ट्रेनिङ कार्यक्रम पनि सञ्चालन गरिनेछ । दिवंगत सञ्चारकर्मी सुमन भोम्जनको स्मृतिमा पत्रकारिता पुरस्कारको पनि व्यवस्था गरिएको छ । विगतमा खेलकुदमा सक्रिय नासा पछिल्ला वर्षहरूमा सामाजिक सचेतनामा बढी सक्रिय रहेको छ । यो संस्थाले पछिल्ला केही वर्षहरूमा सडक सुरक्षाका गतिविधिलाई तीव्रता दिएको छ ।
स्थापनाको एक दशक पनि नभएको नासा सुरुआतमा उमन बाइकर्स र्‍याली र सिन्सियर सिटिजन मोटर र्‍यालीमार्पत खेलकुदमा आफ्नो प्रभाव देखाउन सफल भएको थियो । त्यसको लगत्तै नासाले सडक सुरक्षामा आपूलाई सक्रिय राख्यो । यसको महासंघीय स्वरूपमा आबद्ध भएपछि यसको सामाजिक जिम्मेवारीको क्षेत्र अझ बढी फराकिलो भएको हो ।

 

Comment