टेनिस टोली बैंकक प्रस्थान

tthailand
हाइ पर्फमेन्स ट्रेनिङमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।     अन्तर्राष्ट्रिय टेनिस महासंघ, एसियाली टेनिस महासंघ र लनटेनिस एसोसिएसन अफ थाइल्यान्डले संयुक्त रुपमा सञ्चालन गर्ने तालिममा समान २–२ पुरुष र महिला खेलाडी सहभागी हुने छन् ।
पुरुषमा अन्जन थिङ र आकाश लाम्खोर रहेका छन् भने महिलामा इरा राउत र खुशी पाण्डेले भाग लिने छन् । प्रशिक्षकमा छेवाङ लामा छन् ।
ट्रेनिङ जुलाइ १९ देखि ३१ तारिखसम्म एसियन टेनिस सेन्टरमा हुनेछ । टोलीलाई अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणाले सातदोबाटोमा बिदाइ गरिन् ।

Comment