करातेमा आचार्यको सम्मान

खेल क्षेत्रमा दिएको योगदानको कदर गर्दै शनिवार उपत्यकाका तीन डोजोले विभिन्न व्यक्तिलाइ सम्मान गरेको छ ।  उपत्यकाका पचली भैरव डोजो टेकु, जलजला डोजो बाणभन्ज्याङ र श्रीकृष्ण डोजो दहचोकले संयुक्त रुपमा सो सम्मान कार्यक्रम आयोजना गरेका हुन ।
कार्यक्रममा  त्रिभुबन बिश्व्बिद्यालयका प्राडा नन्द बहादुर सिंह, साहित्यकार हेमन्तप्रसाद दाहाल, खेलाडीहरु जनकसिंह खड्का रेस्लर निरजसिंह ठकुरी र राजधानी दैनिकका प्रमुख समाचारदाता डिल्ली आचार्य सम्मानित भएका हुन् । कराते महासंघका महासचिव केदार बावु सिवाकोटीले उनीहरुलाइ दोसल्ला र सम्मानपत्र वितरण गरे ।
श्रीकृष्ण डोजोका प्रशिक्षक सागर शाहीको बिषेश सक्रियतामा उपत्यकाका यी तीन डोजोले हरेक वर्ष खेल क्षेत्रमा सहयोग पुर्याउने समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ सम्मान गर्दै आएको छ । हरेक वर्ष १७ बैशाखमा गरिने यो सम्मान कार्यक्रम बिनाशकारी भुकम्पका कारण तोकिएकै समयमा  गर्न नसकिएको प्रशिक्षक शाहीले बताए ।
कार्यक्रममा धर्म खत्री, सर्वजीत थकाली, रमेश लामिछाने, डिल्ली कपाली, गजेन्द्र बहादुर शाह, किशोर ढकाल, दिनेश महतो, वसन्तकुमार मण्डल र रोमन पुरीलाइ पनि सम्मानित गरिएको थियो ।
सम्मान कार्यक्रममा वोल्दै कराते महासंघका महासचिव सिकाबोटीले कराते खेलको बिकाशमा उपत्यकास्थित डोजोहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै सम्मानित व्यक्तित्वहरुको पनि कराते खेल बिकाशमा उत्तिकै योगदान गरेको चर्चा गरे ।

Comment