संरक्षक र मायन्कालाई उपाधि

tennis finale
प्रथम प्यारेन्टस् कप जुनियर लनटेनिस च्याम्पियनसिपकोे यु–१८ ब्वाइजतर्फ संरक्षकभूषण बज्राचार्यले उपाधि जिते । उनले फाइनलमा सक्षम कार्कीलाई ७–५, ६–२ ले हराए  । त्यस्तै गल्र्सतर्फ मायन्का राणाले आकृति शाहलाई ६–१, ६–० ले पराजित गरि उपाधि हात पारिन् ।
प्रतियोगिताका विजेता र उपविजेतालाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, लनटेनिस संघका अध्यक्ष मनोज राणा, उपाध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल लगायतले पुरस्कार प्रदान गरे । ६ दिने प्रतियोगिता जुनियर टेनिस खेलाडीका अभिभावकको संघ नेपाल जुनियर लनटेनिस च्याम्पियनसिप संघद्धारा आयोजित गरिएको थियो । उक्त संघका अध्यक्ष अजय विष्टले स्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै प्रतियोगिताका प्रमुख अतिथि सचिव पौडेलले लनटेनिसलाई सहयोग गर्ने बताए । लनटेनिसको पूर्वाधारको विकास गर्न संघसित सहकार्य गर्ने प्रमुख अतिथी पौडेलले बताए । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि पहल गर्ने पनि उनले बताए । साथै उनले हार्डकोर्ट बनाउन रकम पनि सहयोग गने बताए ।
तस्बिर सौजन्य ः उज्वल डंगोल

Comment