रनब र अभिलाषालाइ उपाधि

ira rautmayanka rana
काठमाडौं
प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत बिहीबार रनव सिंह र अभिलाषा विष्टले उपाधि जितेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा रनवले यु–९ ब्वाइज फाइनलमा आयुष्मान हजुर घलेलाई ८–० ले हराउदै उपाधि जितेका हुन् । यु–१२ गल्र्समा अभिलाषाले सलोनी तामाङलाई फाइनलमा ६–१, ७–५ ले हराउँदै उपाधि जितिन् ।
जुनियर टेनिस खेलाडीका अभिभावकद्धारा आयोजित प्रतियोगिता अन्तर्गत यु–१० ब्वाइजतर्फ आर्यन गिरिले रनव सिंहलाई ८–६ ले तथा आदित्य सुवेदीले अकी रावतलाई ८–३ ले पराजित गरी फाइनलमा प्रवेश गरे ।  यु–१२ तर्फ अदित सुवेदीले आदित्य सुवेदीलाई तथा सम्यक भूषण बज्राचार्यले आर्यन गिरिलाई समान ६–१, ६–० ले हराएका थिए ।
ब्वाइज यु–१४ मा प्रणव खनालले अभिनव आचार्यलाई ६–४, ६–० ले हराए भने आदित सुवेदीले सहर्षबहादुर चन्दलाई ६–२, ६–१ ले पन्छाए । यसअघि आदितले क्वाटरफाइनलमा सम्यकभूषण बज्राचार्यलाई ८–० ले स्तब्ध तुल्याएका थिए । यु–१६ तर्फ संरक्षकभूषण बज्राचार्यले सक्षम कार्कीविरुद्ध ४–६, ७–६, ६–३ ले जित्दै सम्भावित हारलाई टारेका थिए । अर्को खेलमा प्रणव खनालले विवेक श्रेष्ठलाई ६–२, ६–३ ले पाखा लगाएका थिए ।
यसैगरी, यु–१८ तर्फ संरक्षकभूषण बज्राचार्यले विवेक श्रेष्ठलाई ६–३, ६–० ले पन्छाए । त्यस्तै अर्को सेमिफाइनल खेलमा सक्षम कार्कीले आकाश लामखोलेलाई ६–०, ६–४ ले निरास पारे । प्रतियोगिताअन्तर्ग गल्र्सतर्फ यु–१६ मा विजीशा श्रेष्ठले मेधावी गिरिलाई ६–३, ६–२ ले हराइन् । अर्को खेलमा माहिका राणाले इरा रावतलाई ६–४, ५–७, ६–० ले पराजित गरेकी थिइन् । यसअघि, क्वाटरफाइनलमा माहिकाले खुशी पाण्डेलाई ८–३ ले हराएकी थिइन् । यु–१८ मा मायांका राणाले राधा भुजेललाई ८–० ले क्वाटरफाइनलमा र सेमिफाइनलमा विजिशा श्रेष्ठलाई ८–५ ले पन्छाइन् । अर्को खेलमा आकृति शाहले स्वस्तिका गुरुङको यात्रा ८–४ ले समाप्त गरेकी थिइन् ।

Comment