ब्वाइजमा रनबको जित

aadhitya subedi returns a shot against aki rawat
प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन बुधबार भएको  ब्वाइज यु–९ तर्फ रनव सिंहले राजवीर प्रधानलाई ८–० ले हराए । यु–१० मा भने रनव साक्षात शाहीसँग ८–२ ले पराजित भए ।  अर्को खेलमा अकी रावतले आरभ हाडालाई ८–४ ले पन्छाए । यु–१२ तर्फ तरुष अग्रवालले आर्यन गिरिलाई ८–० ले पराजित गरे भने आदित्य सुवेदीले अकी रावतलाई ८–५ ले निरास पारे ।
यसैगरी यु–१४ तर्फ अभिनव आचार्यले सुशान्त कुइकेललार्ए ८–१ ले तथा यु–१६ मा संरक्षकभूषण बज्राचार्यले सौरभ पाण्डेलाई त्यति नै स्कोरले हराएका थिए । प्रणव खनालले सहर्ष चन्दलाई ८–० ले हराएर अगाडि बढे । संरक्षकले यु–१८ मा पनि जित दर्ता गरेका थिए ।
गल्र्सतर्फ यु–१० मा इशाश्रीले सृुष्टा राईलाई हराएर उपाधि जितिन् । त्यस्तै यु–१२ मा अभिलाषा विष्टले सपना राईलाई ६–२, ६–१ ले तथा सलोनी तामाङले प्रेरणा कोइरालासँग १–६, ३–६ ले खेल हारेकी थिइन् । त्यस्तै यु–१४ मा इरा रावतले प्रेरणा कोइरालालाई ६–२, ६–४ ले तथा अभिलाषा विष्टले खुृशी पाण्डेलाई ६–१, ७–५ ले हराएर अर्को चरणमा प्रवेश गरे ।

Comment