भेट्रान टेनिस सुरु

tennis vetran
चन्द्र शाही, मनोज शाह, प्रताप मोक्तान र कृष्ण घले ओलम्पिक डेको उपलक्ष्यमा नेपाल टेनिस संघद्वारा आयोजित भेट्रान टेनिस प्रतियोगिताको ३५ बर्ष माथिको समुहमा सेमिफाइनल प्रबेश गरेका छन् । चन्द्रले करिमुला मुश्लीमलाई ८–१ले, मनोजले राजु श्रेष्ठलाई ८–१ ले, प्रताप मोक्तानले लाल बहादुर रोक्कालाई ८–१ले तथा कृष्ण घलेले कमल थापालाई ९–७ ले हराए । ६५ बर्ष भन्दा माथिको समुहमा भरत रायमाझी र ध्रुब बहादुर प्रधान सेमिफाइनलमा प्रबेश गरे । भरतले उदय विक्रम श्रेष्ठलाई ८–१ ले हराए । ध्रुब बहादुर प्धान वाकओभर पाउदै सेमिफाइनल प्रबेश गरे ।
५५ बर्ष भन्दा माथिको समुहमा ज्ञानेन्द्र ताम्रकार कर्मा घले सेमिफाइनलमा प्रबेश गरे । ज्ञानेन्द्रले डा. असोक बज्राचार्यसंगको खेलमा ८–० को जित हात पारे । कर्माले क्यु होंग राइलाई ८–१ ले हराए ।
३५ बर्ष भन्दा माथिको समुहमा आत्मराम कार्कीले सुनीत गीरीलाई ९–८ले हराए । शिब राम मगरले देवेन्द्र गीरीलाई ८–०ले, कमल भण्डारीले चन्द्र बहादुर थापालाई ८–२ ले तथा श्रीराम श्रेष्ठले अनोज अरोरालाई ८–३ ले हराए ।
भेट्रान डबल्समा चन्द्र शाही र सोमला चन्दको जोडी, मनोज राणा र राजु क्षेत्रीको जोडीसेमिफाइनलमा प्रबेश गरे । यसैगरी, मनोज शाह र श्रीराम मगरको जोडी तथा महेश श्रेष्ठ र कमल भण्डारीको जोडी पनि सेमिफाइनल प्रबेश ग¥यो ।

Comment