अन्तिम खेलमा दुबै नेपाली खेलाडीको जीत

rupesh
सिंगापुरमा जारी एसियन +उमेर समुह चेस प्रतियोगिताको  अाईतबार फाईनल चरणको खेल सम्पन्न हुँदा u- 18 तर्फ रुपेश जैशवालले ५अंक प्राप्त गरी पॉचौं स्थानमा रहन सफल भए भने र u 20 तर्फ विवेक थिंगले पनि ५ अंक गरी दशौं स्थान हासिल गरीप्रतियोगिताको सुखद अन्त्य गरे|
रूपेशले फाईनल चरणको खेलमा फिलिपिन्सका लक्षमण जोन जापर माथी ४४ औं चालमा जीत हात पारेका थिए| उनले ४ जीत दुई बराबरी र ३ खेलमा हार ब्यहोरेका थिए|
त्यससैगरी विवेक थिंगले नवौं चरणको खेलमा भियतनामका फिडे मास्टर चे क्वाउ हलाई पराजीत गरे| निकै कठिन खेलमा विवेकले ४९ औं चालमा क्वाउलाई पन्छाउन सफल भए| विवेकले पनि ४ जीत, दुई बराबरी र ३ खेलमा पराजीत भएका थिए|
सोमबार नेपाली खेलाडीहरुले रापिड चेसमा सहभागिता जनाउने छ|

चेस टोली आसाम तर्फ
भारतको गुहाटी आसाममा यही जुन १५ देखि २० सम्म हुनगईरहेको छैटौं जुगल किशोर नवाटिया अन्तरराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागिता हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेका छन्|
नेपाली टोलीमा खेलाडीहरु गोल्डेन गेट क्लबका मदनकृष्ण कायस्थ, झापाका निरज निरौला , प्रकास नेपाल, र राजेन्द्र राई रहेका छन्| नेपाल, भारत,बंगलादेश रश्रीलंकाका खेलाडीहरु सहभागि हुने प्रतियोगिताको कूल नगद पुरस्कार ७,०००००/ रहेको छ|

4

 

Comment