नान्बुकाइ अध्यक्ष थापालाई मातृशोक

जापान कराते डो नान्बुकाइ सितोरियो संघ नेपालका अध्यक्ष माधवराज थापालाई मातृशोक परेको छ । थापाकी आमा दोलकुमारी थापाको शनिबार बिहान ४ बजे मनमैजुको हिलेदोलस्थित निवासमा निधन भएको संघका उपाध्यक्ष प्रदीप थापाले जनाएका छन् ।
८३ वर्षीया स्व. थापालाई स्वाश्प्रस्वाश सम्बन्धी समस्या थियो । स्व. थापाकै इच्छानुसार उनको गुम्बाचोकस्थित आर्याघाटमा शनिबारै अन्त्येष्टि गरिएको संघका अर्का उपाध्यक्ष राजेन्द्र दुलालले जानकारी गराए । स्व. थापाका ३ छोरा र ३ छोरी छन् ।
नान्बुकाइ संघले थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । संघले शोक सन्तप्त परिवार प्रति पनि समवेदना व्यक्त गरेको छ

Comment