मोटर ¥यालीको उपाधि राज र सदीक्षाको जोडीलाई

nasa newss

पोखरामा शनिबार आयोजित ‘आठौं सिन्सियर सिटिजन मोटर ¥याली’को उपाधी राज बजिमय र सदिक्षा श्रेष्ठको जोडीले प्राप्त गरेको छ। पोखरा रड्डशालादेखि नौडाँडासम्मको करिब ३५.८ किलोमिटर दूरीमा ¥याली आयोजना भएको हो। ¥यालीमा रामेश राजभण्डारी र अनुप खड्का दोस्रो तथा राजु दाहाल र सीता दाहाल तेस्रो भएका छन्। प्रथम, द्वितीय र तृतीयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

नेपाल अटोमोबाइल्स स्पोर्टस् एशोसिएसन (नासा) एवं अटो नेपाल पत्रिकाको सहकार्यमा पश्चिमान्चल अटोमोबाइल डिलर्स एशोसिएसनले ¥यालीको आयोजना गरेको हो। समय, गति र दूरीका आधारमा ¥यालीमा सहभागीलाई नम्बर दिएर उत्कृष्ट प्रथम, द्वितीय र तृतीय छनौट गरिएको कार्यक्रम संयोजक तथा नासा कास्कीका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए। ¥याली अमर सिंहचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, पार्दीचोक, राष्ट्र बैड्ढचोक, शहीदचोक, लेकसाइड, जिरोकिलो, हरिचोक हेमजा हुँदै नौंडाँडाको हिमालयन देउराली रिसोर्टमा पुगेर समापन भएको थियो। ¥यालीमा ५५ गाडीको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए।

पर्वतीय खेलकुद महोत्सवको अवसरमा ‘फर नेचर, एडभेन्चर एण्ड स्पोर्टस्’ नाराका साथ नासाले कार्यक्रम गरेको हो। नेपालको भू–वनोटलाई सुहाउने मोटर स्पोर्टस्को माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनको साथै सडक सुरक्षाको सन्देशसमेत पु¥याउन ¥याली सफल भएको श्रेष्ठले बताए। ¥यालीमा मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय नियम प्रयोग गरिएको ¥यालीको टेक्निकल टीमका संयोजक तथा नासाका सचिव सुशील तण्डुकारले जानकारी दिए।

‘नेपालको भू–वनोवटलाई सुहाउँदो मोटर स्पोर्टस्का माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै सडक सुरक्षाको लागि ¥यालीले सहयोग पु¥याएको हाम्रो विश्वास छ’–संयोजक श्रेष्ठले भने–‘सडक सुरक्षामा सबैको चासो बढाउन पनि प्रतियोगिता आयोजना गरिएको हो।’

भूकम्पपछिको जनजीवनलाई सहज बनाउनका कार्यक्रमले सकारात्मक सन्देश प्रदान गरेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्श एशोसिएसन पोखराका अध्यक्ष माधवप्रसाद पौडेलले बताए। ‘पर्यटकीय नगरी पोखरामा यस्ता गतिविधिलाई अझै बढाउनुपर्ने हामीले सोचेका छौं’–उनले भने–‘प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं।’साहसिक तथा पर्यटकीय खेल प्रवद्र्धनमा नासाले वर्षेनी विभिन्न कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। गत वर्ष पोखरामा खुल्ला स्कुटर ¥याली आयोजना भएको थियो।

¥यालीको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले उद्घाटन गरेका थिए। ¥याली अपेक्षा अनुसार पूर्णरूपमा सफल भएको पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनका महासचिव मोहनबावु खड्काले बताए।

Comment