टाइब्रेक मास्टर संरक्षकको थाइल्यान्डमा सनसनी

samrachyak

प्रशिक्षणका लागि थाइल्यान्डमा रहेका नेपाली युथ च्याम्पियन संरक्षक भुषण बज्राचार्यले चांग थाइ राष्ट्रिय च्याम्पियनको उपाधि जितेका छन् । उनले फाइनलमा दोस्रो बरियताका थाइ खेलाडी लाई ७–६,२–६,१०–६  ले पराजित गरे । यस अघि उनले क्वार्टरफाइनल प्रबेशको क्रममा पहिलो बरियताका थाइ खेलाडीलाई हराएका थिए  । त्यस पछिका दुइ खेलमा पनि उनले एसियाका चर्चीत खेलाडीलाई हराएका थिए ।
एसियन टेनिस महासंघले संरक्षकको सफलतालाई नेपालमा उदयीमान ब्यबसायीक खेलाडीको संज्ञा दिएको छ । यसैगरी, उनी टाइब्रेकरका बिशेष खेलाडी भएको प िन जनाएको छ । नेपाल टेनिस संघका अध्यक्ष मनोज राणाले सफलताले नेपाली टेनिसलाइ गौरवान्वीत तुल्याएको संज्ञा दिएका छन् ।
आड बर्ष अघि सुरु भएको जेटिआइ कार्यक्रममा मुख्य उत्पादन संरक्षक भुषणको यात्रामा एसियाली टेनिस महासंघका क्षेत्रीय प्राबीधीक सुरेस मेननको बिशेष सहयोग गरेको थियो ।

Comment