साम्तेनमा कराते ग्रेडिङ

karate susmita
साम्तेन स्कुल, कपनको आयोजनामा कराते ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा ४५ खेलाडी सहभागी थिए । सहभागी सबै ह्वाइटबाट ओरेन्ज वेल्टमा पदोन्नती भए । साम्तेनका प्रशिक्षक प्रनिल लामाले ग्रेडिङ सञ्चालन गरेका थिए । कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, कराते प्रशिक्षक विजय लामा तथा जापान कराते डो नान्बुकाइ सितोरियो संघ नेपालकी सदस्य सुस्मिता तामाङले सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

Comment