त्रियोग चेस प्रतियोगिता बुधवार देखि

Manoj Shiama
19 July, 2026 12:10 pm

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको तयारी पुरा भएको छ । त्रियोग हाई स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश छन् । 

स्विस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेर समूहका छात्र र छात्राको खेल हुने छ । 

बिहीबार कक्षा ६ र ७ तथा ८ देखि १० समूहको छनोट खेल हुने छ । शुक्रवार अन्तिम चरणको खेल हुने छ । 

हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको हो ।