मङ्गलादेवी स्मृति बुद्धिचालमा शान्तिको एकल अग्रता
Manoj Shiama
15 June, 2026 5:21 pm

थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गलादेवी स्मृति बुद्धिचाल प्रतियोगितामा अग्रता कायम गरेकी छिन् । धिमालले ६ चरणको समाप्तिमा सत प्रतिशत जित हात पारेकी छन् ।
लक्ष्मी कणेलले ५दशमलव ५ अङ्क जोडेकी छन् । यसै गरी कुसुम घिसिङ, डेनिसा पुरी र अग्रता आचार्य, राधिका पौडेल, रिया श्रेष्ठ र श्रीषा दुवालले ५ अङ्क जोडेका छन् ।
प्रतियोगितामा ९ चरणको खेल हुने छ ।
