महासंघको साधारण सभा सम्पन्न

nasaa
पर्वतीय खेलकुद महासंघ–नेपालको दोस्रो वार्षिक साधारण सभा काभ्रेको नमोबुद्धमा सम्पन्न भएको छ । उक्त साधारण सभामा महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, ११ वटा सदस्य संघका २÷२ जना गरी २२ जना प्रतिनिधिहरु तथा अतिथिहरु समेत गरी ३८ जनाको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न संघका प्रतिनिधिहरुले माउन्टेन स्पोर्ट्स फेस्टिभल तथा आ–आफ्ना संघले गरेका विविध गतिविधिका वारेमा रिपोर्ट प्रस्तुत गरेका  थिए । साधारण सभामा अध्यक्ष युवराज लामाले महासंघको आगामी कार्ययोजनाको प्रस्ताव, महासचिव गोविन्द भट्टराईले महासंघको प्रगती विवरण तथा कोषाध्यक्ष मेघराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । ती प्रश्ताबलाई साधारण सभाले सुझाव सहित पारित गरेको छ ।
पर्वतीय खेलकुदमहासंघ–नेपालमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), एभिएसन स्पोर्ट्स एसोसिएसन, नेपाल इक्वेस्टेरियन एसोसिएसन, नेपाल साइक्लिङ संघ, नेपाल गल्फ एसोसिएसन र नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन सदस्य छन् । यसैगरी,  बन्जीजम्पिङ तथा क्यानोनिङ एसोसिएसन, नेपाल एथलेटिक्स संघ, एमआरसिए–नेपाल, नेपाल ट्रायथलन एसोसिएसन र नेपाल आर्चरी एसोसिएसन संलग्न छन् । साधारण सभाले मोडर्न पेन्टाथलन एसोसिएनलाई समेत महासंघमा आवद्ध गर्ने निर्णय गरेको छ ।

Comment