एपिएफ र इस्ट बङ्गाल फाइनलमा
Manoj Shiama
14 December, 2025 9:28 pm

एपिएफ क्लब र इस्ट बङ्गाल महिला क्लब साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो । आइतबार भएको लिग चरणको खेलमा इस्ट बगालले नसरिन एकेडेमीलाई ७–० ले हरायो । यसै गरी, एपिएफले पाकिस्तानको कराँची सिटीलाई १–० ले हरायो ।

एपिएफलाई जित दिलाउने क्रममा ५२औँ मिनेटमा रश्मि घिसिङले हेड गोल गरिन् । उनले रेणुका नगरकोटीको क्रसलाई उपयोग गरेकी हुन् । खेलमा एपिएफले थुप्रै अवसर गुमाएको थियो ।

एपिएफ र इस्ट बगालको बिचमा हुने लिग चरणको अन्तिम खेल भने औपचारिकतामा सीमित हुने छ ।