नेपालसँग भारतको हार

Manoj Shiama
28 October, 2025 7:03 am

नेपाली महिला फुटबल टोलीले अर्को महत्वपूर्ण सफलता पाएको छ । सोमबार भारतमा भएको खेलमा भ्रमणकारी टोली नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन् ।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।
यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।
त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ । इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।
एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो ।