नेपाली टोली विदेश आज भारत जाँदै

Manoj Shiama
22 October, 2025 6:48 am

भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे ।

नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ । त्यसपछि १३ कात्तिकमा भारतसँग एक अनअफिसियल खेल पनि हुनेछ । फिफाको वरियतामा भारत ६३औँ, इरान ७०औँ तथा नेपाल ८९औँ स्थानमा छन् ।

खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा २ जना नयाँ खेलाडी परेका छन् भने ३ खेलाडीले पुनरागमन गरेका छन् । नेपाली टोली बुधवार भारत प्रस्थान गर्नेछ ।

खेल तालिका ः

इरान भर्सेस् भारत ः ४ कात्तिक (सवा ६ बजे)

इरान भर्सेस् नेपाल ः ७ कात्तिक (सवा ६ बजे)

भारत भर्सेस् नेपाल ः १० कात्तिक (सवा ६ बजे)

नेपालको टोली ः साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।