प्रशिक्षक न्यौपानेले छाने टोली 

Manoj Shiama
15 August, 2025 6:54 pm

मुख्य प्रशिक्षक नवीन न्यौपानेले सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा आयोजना हुने य्–२३ फुटबल प्रतियोगिताका लागि २३ सदस्य टोलीको घोषणा गरेका छन् । न्यौपानेले घोषणा गरेको टोलीको गोलरक्षकमा कृसल मोक्तान, अमित टमाटा र विशाल केसी छन् । यसै गरी रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सेमन्त थापा छन् । 

मिडफिल्डमा अभिषेक स्याइतान, आयुष घलान, अरुण थापा, नीरज कार्की । दीपेश गुरुङ, कृतिष रत्न छुन्छु, पूजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । 

फरवार्डमा रोहन खड्गी र नीराजन धामी छन् ।