हट्यो ४ वर्ष अघि देखिको फिफाको आर्थिक बन्देज

Manoj Shiama
13 July, 2025 9:37 am

आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आरोपमा ४ वर्षदेखि विश्व फुटबल महासङ्घ ९फिफा० को आर्थिक बन्देज खेप्दै आएको अखिल नेपाल फुटबल सङ्घले उन्मुक्ति पाएको छ ।

फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङको नेतृत्वमा कन्ट्रोल फन्डिङ सिस्टम लिफ्ट गर्ने प्रतिबद्धता पूरा भएको भन्दै एन्फाले प्रेस नोट जारी गरेको छ ।

४ वर्ष अघि नेपालले सो प्रतिबन्ध खेप्दा कर्मा छिरिङ शेर्पा एन्फाका अध्यक्ष थिए । एन्फाका महासचिव किरण राईद्वारा जारी प्रेस नोटमा वर्तमान नेतृत्व र कार्यसमिति निर्वाचित भएका दिनदेखि नै फुटबल खेलको विकासमा अवरोध, षडयन्त्र, असहयोग, पूर्वाग्रह र अविश्वासको प्रस्ताव खेप्दै आएको उल्लेख छ । ती सबैलाई प्रवृत्तिलाई पराजित गर्दै सफलतासम्म आइपुगेको उल्लेख महासचिव राईले उल्लेख गरेका छन् ।

एन्फाले समग्र विकास, आर्थिक पारदर्शिता, सुशासन र फुटबल खेल प्रवर्द्धनमा उत्कृष्ट योगदान गरेबापत सन् २०२४ अक्टोबर २९ मा एएफसी ९एसियन फुटबल कन्फेडेरेसनबाट ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर  अवार्ड २०२४’ बाट पनि पुरस्कृत भएको उल्लेख छ । यी दुई महत्त्वपूर्ण निर्णयहरूले एन्फा पूर्ण रूपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त सङ्घमा रूपान्तरण भएको पुष्टि गर्ने र अध्यक्ष नेतृत्वको कार्यसमितिले गरेको प्रतिबद्धता पूरा भएको बताइएको छ ।