कप्तान विवादमा एन्फाको धारणा सार्वजनिक

Manoj Shiama
10 July, 2025 6:08 am

उज्बेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा आएको विविध विवादको विषयमा नेपालसँग सरोकारवाला निकायले आफ्नो धारणा सार्वजनिक गरेका छन् । बुधवार प्राविधिक निर्देशक हरि खड्का, सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एसियन कप छनोट प्रतियोगितामा नेपाली टोलीकी नेतृत्व गरेकी सरिला श्रेष्ठ, टिम व्यवस्थापक बिन्द्रा देवान र सहायक प्रशिक्षक भगवती थापा, गोलरक्षक प्रशिक्षक सुरज कुमारले धारणा सार्वजनिक गरे । 

पत्रकार सम्मेलनमा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरूले कप्तानको नाम पठाउनु परेको बताइन् । व्यवस्थापक बिन्द्राले आफूले धेरै पटक सोधे पनि उत्तर नदिएको र ९० मिनेट भित्र नामावली दिनु पर्ने र कप्तानको नाम इङ्गित नगरेसम्म पूर्व कप्तान एन्जिलाको नाम प्लेइङ ११ मा नभएको कारण सिनियरीटीको अधारमा रेनुका नगरकोटीको नाम राखेको बताइन् । 

पत्रकार सम्मेलनमा बोल्दै सरिलाले नेपाली टोलीको व्यवस्थापकीय कमजोरी भएको नबत्ताउँदै हेड अफ डेलिगेट तथा अन्य सुविधामा अपुग नभएको प्रस्ट पारिन् । आइस उपलब्ध नगराएको भन्ने आरोप नै झुटो भएको पनि व्यवस्थापक देवानले बताइन् ।  

प्रशिक्षकको भनाइलाई आधार मान्दै अफिसियल दिन भन्दा दुई दिन अघि उज्बेकिस्तान नेपाली टोली पुगे पनि प्रशिक्षकले सही ढङ्गले त्यसको उपयोग नगरेको बताइएको छ । गोलरक्षक प्रशिक्षक तामाङले पनि मुख्य प्रशिक्षक प्याड्रिड डी वाइल्डीको मुड स्विङ हुने समस्या रहेको बताए ।